• ११ वैशाख २०८१, मङ्गलबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को तथ्याङ्कअनुसार विश्वको जनसङ्ख्या कति पुगेको छ ?

आठ अर्ब 

यूएनएफपीएले सन् २०२२ नोभेम्बर १५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको । 

प्रतिवेदनले औसत आयुमा वृद्धि र बालमृत्युदरको कमीलाई जनसङ्ख्या वृद्धिको मुख्य कारण मानेको । 

प्रतिवेदनअनुसार सन् २०८० सम्म विश्वको जनसङ्ख्या १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म यही स्तरमा रहने प्रक्षेपण रहेको ।

विश्व जनसङ्ख्यामा सबैभन्दा ठूलो हिस्सा (झन्डै चार अर्ब) एसिया महादेश र दोस्रो ठूलो हिस्सा अफ्रिकाको रहेको ।

चीन र भारतजस्ता दुई ठूला छिमेकी राष्ट्रको जनसङ्ख्या क्रमशः एक अर्ब ४५ करोड र एक अर्ब ४० करोडभन्दा बढी रहेको ।


२. सन् २०२२ नोभेम्बरमा भएको साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र कुन हो ?

नेपाल (उपविजेता : बङ्गलादेश)

बङ्गलादेशको ढाकास्थित बीएसएस मुस्तफा रङ्गशालामा नोभेम्बर ११ मा भएको डबल राउन्डको अन्तिम खेलमा घरेलु टोली बङ्गलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल अपराजित रहँदै प्रतियोगिताको नयाँ च्याम्पियन बनेको । नेपालले डबल राउन्ड लिगमा सर्वाधिक १० अङ्क जोड्न सफल भएको थियो भने बङ्गलादेशले ७ अङ्क जोडेको । 

प्रतियोगितामा नेपालकी सुजाता तामाङ सर्वोत्कृष्ट गोलरक्षक घोषित भएकी ।

सर्वाधिक गोलकर्ता र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बङ्गलादेशको सौरभी अकान्दा भएकी । 

फेयर प्ले अवार्ड बङ्गलादेशले प्राप्त गरेको ।


३. भारतको पब्लिक रिलेसन्स काउन्सिल अफ इन्डिया (पीआरसीआई)द्वारा प्रदान गरिएको चाणक्य अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुने नेपाली को हुन् ?

पत्रकार कपिल काफ्ले


४. विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह कहिले मनाइन्छ ?

नोभेम्बर १८–२४ 

संयुक्त राष्ट्रसङ्घअन्तर्गतका विश्व स्वास्थ्य सङ्गठन र खाद्य तथा कृषि सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको संयुक्त आह्वानमा हरेक वर्ष नोभेम्बर १८–२४ सम्म एन्टिमाइक्रोबियल सचेतना सप्ताह मनाउने गरिएको हो ।

सबै क्षेत्र जुटौँ, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ भन्ने नाराका साथ र विगतको एन्टिमाइक्रोबियलको प्रयोग सावधानीपूर्वक गरौँ भन्ने मूल भावनालाई निरन्तरता दिँदै नेपाललगायत विश्वभर यो सप्ताह मनाइएको छ । 

आधुनिक चिकित्सामा एन्टिमाइक्रोबियल औषधिहरूको प्रयोग हुन थालेको करिब आठ दशक भएको छ । मानिस तथा पशुपन्छीका सङ्क्रामक र सरुवा रोगको उपचारमा यी औषधिको मुख्य भूमिका रहेको छ । विगत केही दशकदेखि जीवाणुमा प्रतिरोध क्षमता विकास भएर ‘सुपर बग्स’ पैदा भएका छन् । जसमा यी औषधिले काम नगर्ने स्थिति बनेको छ । विश्वभरि अहिले थोरै मात्र नयाँ एन्टिबायोटिक्स विकास भइरहेको परिवेशमा यी औषधिको प्रभावकारिता जोगाइराख्नु यसको समुचित प्रयोग र यसबारे व्यापक सचेतना फैलाउनुपर्ने आवश्यकतालाई हृदयङ्गम गरी यो सचेतना सप्ताह मनाउन थालिएको हो ।


५. नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली क्रिकेट टोलीको कप्तानमा कसलाई नियुक्त ग¥यो ?

रोहितकुमार पौडेल (वि.सं. २०७९ कात्तिक)


६. जन्ती एवं बटुवाको स्वागतका लागि बीच बाटोमा सेतो कपडामा लोटा वा घैलामा पानी राखी त्योसँगै सिन्दुर, दुबो एवं पैसा राख्ने कार्यलाई के भनिन्छ ?

चात्रो

एक गाउँबाट अर्को गाउँमा जाने जन्ती तथा बाटोमा हिँड्ने बटुवाको साइत राम्रो होस् भनी चात्रो राख्ने गरिएको हो ।

चात्रोमा राखेको सिन्दुरलाई बटुवाले आफैँ लगाउने र केही दक्षिणा त्यो चात्रोमा राख्ने चलन छ ।

लोप हुन लागेको चात्रो करिब डेढ दशकपछि बाजुराको खप्तड–छेडेदह गाउँपालिकाका बासिन्दाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन (२०७९ मङ्सिर)मा चुनावी मैदानमा उत्रेका उम्मेदवारको स्वागतका लागि प्रयोग गरेका थिए । 


७. सन् २०२२ को कतार विश्वकपमा उपाधि विजेता टिमले पाउने पुरस्कार राशि कति रहेको छ ?

४२ मिलियन डलर 

कतार विश्वकप (२०२२)कोे धनराशि

विजेता : ४२ मिलियन डलर 

उपविजेता : ३० मिलियन डलर

तेस्रो स्थान : २७ मिलियन डलर

चौथो स्थान : २५ मिलियन डलर

क्वार्टर फाइनलिस्ट : १७ मिलियन डलर

प्रि–क्वार्टर फाइनलिस्ट : १३ मिलियन डलर

समूह चरण : ९ मिलियन डलर


२२औँ संस्करणको विजेताले चार करोड २० लाख डलर प्राप्त गर्ने । 

सन् २०१८ को रसिया विश्वकपको विजेता राष्ट्रले ३८ लाख मिलियन डलर प्राप्त गरेको ।

८. दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु हिउँ चितुवाको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा कहिले तर्जुमा गरियो ?

वि.संं २०७३ माघ ४–६

नेपाललगायत अफगानिस्तान, भुटान, चीन, भारत, काजकिस्तान र उज्वेकिस्तानमा गरी विश्वका १२ राष्ट्रमा हिउँ चितुवा पाइने ।

हिमालकी रानी पनि भनिने हिउँ चितुवा २७ देखि ५५ केजी 

तौलको हुने ।


९. विश्वकप फुटबलमा गोल गर्ने सबैभन्दा पाका खेलाडी को हुन् ?

रोजर मिला (क्यामरुन)

सबैभन्दा पाका पाँच खेलाडी

१. रोजर मिला (क्यामरुन) ४२ वर्ष ३९ दिन (सन् १९९४)

२. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) ३७ वर्ष २९५ दिन (सन् २०२२)

३. गुनार ग्रेन (स्विडेन) ३७ वर्ष २३६ दिन (सन् १९५८) 

४. काउटेमोक ब्लान्को (मेक्सिको) ३७ वर्ष १५१ दिन (२०२०)

५. फेलिप बालोय (पानामा) ३७ वर्ष १२० दिन (२०१८)


१०. फिफा विश्वकप फुटबलमा लगातार पाँच प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी को हुन् ?

क्रिस्टियानो रोनाल्डो


११. नेपालमा सामाजिक सुरक्षा दिवस कहिले मनाइन्छ ?

मङ्सिर ११


१२. नेपाल सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना कहिलेदेखि सुरु गरेको हो ?

वि.सं. २०७५ मङ्सिर ११


१३. ‘लस्ट इन ट्रान्जिसन’ नामक कृतिका लेखक को हुन् ?

कुलचन्द्र गौतम


१४. नेपालमा पहिलो पटक पाइलटको सहायताबिना जहाज अवतरण कहिले गराइयो ?

वि.सं. २०६९ असोज १५

(कतारको दोहाबाट काठमाडौँ आएको दुई सय यात्रु सवार कतार एयरवेजको जहाजलाई स्याटेलाइटमा आधारित नेभिगेसन 

प्रणाली (ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम)बाट सफल अवतरण गराइएको ।)


१५. अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस कहिले मनाइन्छ ?

अक्टोबर १७

सन् २०२२ को नारा ‘डिग्निटी फर अल इन प्राक्टिस ः दी कमिटमेन्ट्स वी मेक टुगेदर फर सोसियल जस्टिस, पिस एन्ड दी प्लानेट)’ रहेको ।

यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिन मनाउँदै आइएको ।

विश्व खाद्य कार्यक्रमका अनुसार हाल विश्वमा पर्याप्त खाना नपाउने जनसङ्ख्या ८१ करोड १० लाख रहेको ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका अनुसार विश्वमा बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या एक अर्ब ३० करोड रहेको ।

हाल नेपालमा निरपेक्ष गरिबीमा रहेको जनसङ्ख्या १८.७ प्रतिशत रहेको । त्यसैगरी बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या १७.४ प्रतिशत रहेको ।

सरकारले वि.सं. २०८७ सम्ममा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ५ प्रतिशतभन्दा तल र वि.सं. २१०० सम्ममा शून्यमा झार्ने लक्ष्य लिएको ।

चालू १५औँ योजनाले दीर्घकालीन सोचसहित वि.सं. २१०० सम्ममा निरपेक्ष गरिबी शून्यमा र बहुआयामिक गरिबी ३ प्रतिशतमा झार्ने लक्ष्य लिएको ।

दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ५ प्रतिशतभन्दा तल ल्याउने लक्ष्य राखेको ।


१६. सन् २०१५ मा दक्षिण एसियाका कुन–कुन राष्ट्रबीच बीबीआईएन मोटर भेइकल सम्झौता भएको थियो ?

नेपाल, भारत, बङ्गलादेश र भुटान 

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य (सासेक)अन्तर्गत नेपाल, भारत, बङ्गलादेश र भुटानबीच यातायात तथा पारवहन, व्यापार सहजीकरण र ऊर्जा क्षेत्रमा सहकार्यका लागि बीबीआईएनको अवधारणा ल्याएको थियो तर सन् २०१६ मा भुटानले आपूm सो सम्झौतामा तत्काल अघि बढ्न नसक्ने बताउँदै बाँकी मुलुकलाई कार्यान्वयनमा जान सहमति प्रदान गरेको थियो । यद्यपि सम्झौता कार्यान्वयन गर्न आवश्यक प्यासेन्जर भेइकल र कार्गो भेइकल प्रोटोकलमा हस्ताक्षर हुन सकेको छैन ।

बङ्गलादेशले नेपालका लागि आफ्नो बन्दरगाह प्रयोग गर्न दिने सुविधा सन् १९९७ मै दिए पनि तीन मुलुकबीच सवारीसाधन आवागमनको कुनै समझदारी नहुँदा बङ्गलादेशको बन्दरगाह प्रयोग गर्ने नेपालको चाहना पूरा हुन सकेको छैन ।


१७. काठमाडौँ उपत्यकामा विद्युतीय बस सेवाको सुरुवात कहिलेदेखि गरिएको हो ?

वि.सं.२०७६ भदौ २३


१८. प्रदेश २ मा पहिलो बालमैत्री घोषित नगरपालिका कुन हो ?

कञ्चनरूप न.पा. (सप्तरी)

वि.सं. २०७६ भदौ १९ मा बालमैत्री नगपालिका घोषित भएको ।

विभिन्न ३९ वटा सूचक नगरपालिकाले पूरा गरेकाले बालमैत्री नगर घोषणा गरिएको जनाइएको ।


१९. अमेरिकाको स्पेस एक्स नामक संस्थाले विग फाल्कन रकेट (बीएफआर) प्रयोग गरी पर्यटकलाई चन्द्रमामा पठाउने योजना कहिले सार्वजनिक गरेको हो ?

सन् २०१८ सेप्टेम्बर १२


२०. वातावरण क्षेत्रको प्रसिद्ध पुरस्कार ‘ग्लोबल ५००’ प्राप्त गर्ने नेपाली को हुन् ?

डा. कृष्णकुमार पाण्डे


२१. कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको बीमा गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो ?

वि.सं. २०७५ मङ्सिर १


२२. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?

काठमाडौँ

(पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदी किनारमा रहेको ।) 

प्रस्तुतकर्ता : टंक के.सी.