पाल्पामा एकलाख ८१ हजार मतदाता

रामपुर, पाल्पा,  असोज २६ गते ।  आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा एक लाख ८१ हजार २४६ मतदाता सहभागी हँुदैछन् । ती मध्ये ९४ हजार ८२९ महिला, ८६ हजार ४१६ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमा एक लाख ६२ हजार २५५ मतदाताले नाम दर्ता गराएका थिए ।

जिल्ला निर्वाचन कार्यालय, पाल्पाले गत साउन १ गतेदेखि भदौै ३ गतेसम्म सञ्चालन गरेको तस्वीरसहितको मतदाता नामावली संकलनबाट जिल्लामा २० हजार ८११ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने नाम दर्ता गराएकामध्ये १८ हजार ९९१ जनाले मात्र आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन पाउने निर्वाचन कार्यालयले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds