• ८ वैशाख २०८१, शनिबार

कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको बधाइ साटासाट

blog

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा । तस्बिर : जीवन भण्डारी

काठमाडौं, मङ्सिर १३ गते। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले  बधाइ साटासाट गर्नुभएको छ। मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको निवासमा पुगेर अर्का महामन्त्री शर्माले बधाइ दिनुभएको हो। 

झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आउनुभएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाइ दिनुभएको हो। काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित थापालाई शर्माले प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने बताउँदै आउनुभएको छ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै शर्माले महामन्त्री थापा पटक-पटक सांसद भइसकेको र मन्त्री भएको अनुभव रहेकाले देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभयो। 

शर्मा झापाबाट काठमाडौं उत्रिनासाथ महामन्त्री थापा निवास रातोपुल पुगेर बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको हो। महामन्त्री थापाले शर्मालाई बधाइ तथा शुभकामना दिनुभयो। थापाको बुबाआमाले पनि शर्मालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।