‘स्वास्थ्य सबैका लागि, दृष्टिको महत्त्व बुझौँ’

 eye_1काठमाडौँ,  असोज २६ गते । स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौँ भन्ने नारासाथ बिहीबार विश्व दृष्टि दिवस मनाउन लागिएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउन विश्वभर विश्व दृष्टि दिवस मनाइने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता सङ्गठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । 

उक्त लक्ष्य पूरा गर्न तिलगङ्गा आँखा प्रतिष्ठान, नेपाल नेत्र ज्योति सङ्घ लगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै सङ्घसंस्थाहरू लागि परेका छन् । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रोहित सैजुले विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२० कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिँदै हरेक वर्ष अक्टोबरको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने गरिएको जानकारी दिनुभयो ।
नेपाल सरकारले पनि आफू उक्त सङ्गठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा भिजन २०२० कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागू गरेको छ । डा. सैजुका अनुसार यस दिवसमा विश्वभरिका विभिन्न सङ्घसंस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रूपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गर्छन् । विगत तीन दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरूको सहभागिताले यस क्षेत्रको प्रगति तुलनात्मक रूपमा अग्रपङ्क्तिमा छ ।
उहाँले प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन जिल्लामा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु विश्व दृष्टि दिवसको पहिलो प्राथमिकता हो भन्नुभयो ।
तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यक्रम निर्देशक नवीन राईले विश्व दृष्टि दिवसका दिन प्रतिष्ठानले काठमाडाँै प्रतिष्ठानका १५ वटा जिल्ला सामुदायिक आँखा केन्द्रमा १८ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका बिरामीका लागि आँखा परीक्षण, आँखा उपचारसम्बन्धी जनचेतना लगायत कार्यक्रमहरू गरिने जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना