• ७ वैशाख २०८१, शुक्रबार

अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त

blog

काबुल, मङ्सिर १३ गते । अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मङ्गलबार प्राप्त गरेको,  केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) जनाएको छ ।

नगदमा मानवीय सहायता पठाएकोमा अन्तर्राष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ ।

यस्तै, विगतका दुई सातामा काबुलले ४० मिलियन डलरको नगद सहायता प्राप्त गरेको थियो । युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चितिलाई गत वर्षको तुलनामा १.५ बिलियन डलर भन्दा बढी पुर्‍याएको छ । रासस/सिन्ह्वा