बरिष्ठ पत्रकार प्रधान अस्वस्थ

गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १९ गते । बरिष्ठ पत्रकार गणेश बल्लभ प्रधान गम्भीर बिरामी हुनुभएको छ । केही महिनादेखि दमका कारण बिरामी हुनु भएका उहाँलाई बेथाले च्यापेपछि राजधानीको त्रिपुरेश्वरस्थित ब्ल्यू क्रस अस्पतालमा भर्ना गरिएको छ । ८३ वर्षीय प्रधानको अवस्था स्थिर रहेका छोरा शिरीष बल्लभ प्रधानले बताउनुभयो ।
उहाँ जन्मभूमि साप्ताहिकका प्रधान सम्पादक तथा राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका पूर्वअध्यक्ष हुनुहुन्छ ।
यसैबीच, नेपाली काँग्रेसका नेता तथा सांसद ध्यानगोविन्द रञ्जित बिहीबार ब्ल्यू त्रस अस्पताल गई प्रधानको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds