बलिप्रथा रोक्न अखण्ड नेपाल पार्टीको माग

Akhanda-nepal-party-flagकाठमाडौँ, मङ्सिर १९ गते । मुलुकका विभिन्न मन्दिरमा ईश्वरका नाममा दिइने बलिप्रथा रोक्न अखण्ड नेपाल पार्टीले प्रधानमन्त्री सुशील कोइरालासमक्ष माग गरेको छ ।

वर्षैंभरि विभिन्न अवसरमा मन्दिरमा ईश्वरका नाममा प्राणी हिंसा गर्नु मानव अचेतन र बेहोसीको पराकाष्ठा हो भन्दै अखण्ड नेपाल पार्टीले यसमा सरकारका तर्फबाट आवश्यक कदम उठाउन प्रधानमन्त्री कोइरालालाई आग्रह गरेको हो ।

उक्त पार्टीका अध्यक्ष तथा सभासद् कुमार खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा विशेषगरी बाराको गढिमाई मन्दिरमा केही दिनअघि धर्मका नाममा गरिएको हजारौँ पशुपक्षीको क्रुर हत्या, र यातनाले सिङ्गो हिन्दू धर्मप्रति नै वितृष्णा फैलाउने काम गरेकाले यस्तो बलिप्रथा रोक्न आग्रह गरेको थियो ।

सो पार्टीले सामाजिक र सांस्कृतिक शुद्धीकरणका लागि बलिप्रथा रोक्नुपर्ने माग गरेपछि प्रधानमन्त्री कोइरालाले त्यसमा आफू पनि सहमत रहेको र सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको अध्यक्ष खड्काले राससलाई जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना