प्रधानमन्त्री र गच्छदार भेटः “मिलेर जानाको विकल्प छैन”

 

काठमाडौँ, चैत १५ गते । प्रधानमन्त्री सुशील कोइराला र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले शनिबार साँझ भेट गरी संविधान निर्माणमा दलहरू मिलेर जानाको विकल्प नभएकामा जोड दिनुभएको छ ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपाली जनताले लोकतान्त्रिक शासन पद्धतिका लागि गरेको साढे सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संस्थागत गर्ने अवसर गुमाउन नहुने विचार व्यक्त गर्नुभएको थियो ।

उहाँले नेपाली दोस्रो संविधानसभाको चुनावमार्फत लोकतान्त्रिक संविधान निर्माणका लागि दिइएको जनादेशलाई बिर्सेर आन्दोलन र सङ्घर्षमा गए आजसम्मका उपलब्धि गुम्ने जोखिम पनि औँल्याउनुभयो ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीले शान्ति प्रक्रियामा जटिल मानिएका हतियार व्यवस्थापन र लडाकु समायोजनजस्ता विषयलाई टुङ्गोमा पु¥याउन राजनीतिक दलले प्रदर्शन गरिसकेको क्रियाशीलता, परिपक्वता, निर्णय क्षमता र कार्यकुशलतालाई संविधान निर्माणमा पनि लगाउनुपर्ने बताउनुभएको थियोे ।

उहाँले दलबीचको आपसी संवाद, सहकार्य, एकता, मेलमिलाप र त्यसबाट कायम हुने सहमतिले नै संविधान निर्माणसहित मुलुकका सामु रहेका समस्याको समाधान गरी मुलुकलाई शान्ति, स्थायित्व र विकासका मार्गबाट जनतालाई सुख, समृद्धितर्फ लैजान सकिने विश्वास व्यक्त गर्नुभएको थियो ।

फोरम (लोकतान्त्रिक)का अध्यक्ष गच्छदारले पनि दलहरु मिलेर जानाको विकल्प नरहेको बताउनुभएको थियो । सभाध्यक्ष सुवास नेम्वाङले सहमति वा प्रक्रियामा अघि बढ्ने विषयमा प्रमुख दलका नेतालाई सहमतिमा पुग्न आजसम्मको समयसीमा दिएपछि सत्तारुढ र विपक्षी मोर्चाबीच बाक्लो भेटवार्ता हुन थालेको हो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना