प्रा डा केसीको अनशनप्रति डा भट्टराईको ऐक्यबद्धता

काठमाडौँ, चैत १४ गते । एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।

डा भट्टराईले प्रा डा केसीको माग जायज भएको उल्लेख गर्दै आन्दोलनमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धतासमेत जनाउनुभयो । केसीको अनशनस्थल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान पुग्नुभएका डा भट्टराईले चिकित्सा क्षेत्रमा भित्रिएको माफियाकरण रोक्नका लागि सुरु भएको आन्दोलन एउटा निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।

शिक्षा र स्वास्थ्यका विषयमा कुनै पनि सम्झौता नहुने उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत डा भट्टराईले भन्नुभयो, “विगतमा आफूले सरकारको नेतृत्व सम्हाल्दासमेत उहाँले उठाउनुभएको मागको उचित सम्वोधन गर्न सकिन, त्यसका लागि म लज्जित छु ।”

उहाँले प्रा डा केसीले राखेको माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएको छ । गत आइतबारदेखि विभिन्न दशबुँदे माग राखी अनशनमा बस्नुभएका प्रा डा केसीको स्वास्थ्य स्थिति बिगँ्रदै गएको छ ।

यसैबीच एमाओवादीका उपाध्यक्ष नारयाणकाजी श्रेष्ठले पनि प्रा डा केसीले उठाएको माग जायज रहेको भन्दै उहाँले सुरु गर्नुभएको आन्दोलनप्रति ऐक्यबद्धता प्रदर्शन गर्ने राससलाई जानकारी दिनुभयो । “शिक्षा र स्वास्थ्य राज्यको नियन्त्रणमा हुनुपर्छ, राज्यले नै उचित व्यवस्थापन गर्नुपर्छ भन्ने प्रस्ट भएको छ”, श्रेष्ठले भन्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना