• १३ वैशाख २०८१, बिहिबार

महानगरले म्यादी प्रहरी राख्ने

blog

काठमाडौँ, मङ्सिर ९ गते । काठमाडौँ महानगरपालिकाले एक वर्षका लागि म्यादी प्रहरी राख्ने भएको छ। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सहरी व्यवस्थापन, फुटपाथ नियन्त्रण, होडिङ बोर्ड र परिचय पाटी हटाउन म्यादी प्रहरी राख्न लागिएको बताउनुभयो। 

उहाँले महानगरसँग अहिले भएको नगर प्रहरी अपुग भएकाले १६२ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको जानकारी दिनुभयो। महानगरसँग १७१ जना नगर प्रहरी छन्। उहाँले भन्नुभयो, “यसै महिनाभित्र कुनै निजी सुरक्षा कम्पनीको सुरक्षागार्डबाट जनशक्ति लिएर छनोट प्रक्रिया सम्पन्न गरिनेछ।”