• ७ वैशाख २०८१, शुक्रबार

रुपन्देही २ (ख) मा एमाले नेता श्रेष्ठ निर्वाचित

blog

पविता पौडेल

सैनामैना, मङ्सिर ८ गते । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेकपा (एमाले) का भोजप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ। उहाँले १६ हजार ३ सय  मत प्राप्त गरी विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले ९ हजार ४ सय १० मत प्राप्त गर्नुभएको छ  । यो क्षेत्रमा ४० हजार १ सय ५८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।