• ७ वैशाख २०८१, शुक्रबार

फराकिलो मतान्तरले कांग्रेस उपसभापति खड्का विजयी

blog

नवीन शाही

सुर्खेत, मङ्सिर ८ गते। सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ। उहाँ ११ हजार ६१९ मतान्तरले खड्का विजयी हुनुभएको हो। 

उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्नुभएको छ। उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गर्नुभयो। 

उपसभापति खड्का पाँचौँ पटक विजय हुनुभएको हो। उहाँले २०४८, २०५१, २०५६ मा  प्रत्यक्षतर्फबाट निर्वाचित हुनुभएको थियो भने २०६४ सालमा समानुपातिकतर्फबाट सांसद बन्नुभएको थियो। २०७० सालमा पुनः प्रत्यक्षबाट निर्वाचित खड्का २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी ध्रुवकुमार शाहीसँगै पराजित हुनुभएको थियो। 

खड्का दुई पटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भइसक्नुभएको छ। उहाँ नेपाली कांग्रेसको पूर्व महामन्त्री हुनुहुन्छ। उपसभापति खड्का शालीन नेता एवम् कुशल वार्ताकार पनि हुन्छ।

सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का। तस्बिरः नवीन शाही