• ८ वैशाख २०८१, शनिबार

पूर्वी नवलपरासी २ मा कांग्रेसका विष्णुकुमार कार्की विजयी

blog

पूर्वी नवलपरासी क्षेत्र २ मा विजयी नेपाली कांग्रेसका विष्णुकुमार कार्की। फाइल तस्बिर

मीना कँडेल

कावासोती, मङसिर ८ गते। पूर्वी नवलपरासी क्षेत्र नम्बर २ बाट नेपाली  कांग्रेसका विष्णुकुमार कार्की विजयी हुनुभएको छ।

नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीलाई दुई हजार बढी मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी हुनुभएको हो।कार्कीले ३६ हजार १ सय ४ मत ल्याउनु भएको छ भने महतले ३४ हजार ८३ मत प्राप्त गर्नुभएको छ ।

यो क्षेत्रमा २०४८ सालपछि भएका सात वटा निर्वाचनमा पाँच पटक एमाले विजयी भएको थियो।जिल्लाका प्रतिनिधिसभा दुई क्षेत्रमा कांग्रेस विजयी भएको छ।प्रदेशसभाका तीन क्षेत्रमा एमाले र एउटामा कांग्रेस विजयी भएका छन्।