• १५ चैत २०८०, बिहिबार

खोटाङबाट माओवादी केन्द्रका रामकुमार राई विजयी

blog

रामकुमार राई । फाइल तस्बिर

खोटाङ, मङ्सिर ८ गते । खोटाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ । नेकपा (एमाले) का विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो । 

खोटाङमा खसेको ६७ हजार तीन सय ७३ मतमध्ये राईले ३१ हजार तीन सय ५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ।