• ८ वैशाख २०८१, शनिबार

रौतहट २ प्रदेश सभा (ख) मा एसका पटेल निर्वाचित

blog

सञ्जयकुमार मिश्र 

गौर, मङ्सिर ८ गते । रौतहट निर्वाचन क्षेत्र २ (ख) मा नेकपा (एस) का कनिश पटेल निर्वाचित हुनुभएको छ । पटेलले १० हजार ४४२ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सभा सदस्य एवम् जसपाका उम्मेदवार रामकिशोर यादवले १० हजार ३३ मत प्राप्त गर्नुभयो । 

प्रदेश सभा सदस्य पदमा पटेल ४०९ मतको मतान्तरले विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताउनुभयो ।