• ८ वैशाख २०८१, शनिबार

सुर्खेत २ (ख) मा माओवादीका विष्ट विजयी

blog

नेकपा (माओवादी केन्द्र) का विन्दमान विष्ट ।

छिन्चु समाचारदाता

सुर्खेत, मङ्सिर ८ गते । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का विन्दमान विष्ट विजयी हुनुभएको छ । उहाँले  नेकपा (एमाले)का ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गर्नुभएको हो ।  

जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ । एमालेका गौतको पक्षमा ९ हजार ३३४ मत आएको छ । विष्टविरुद्ध उम्मेदवारी दिनुभएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गर्नुभएको छ । उहाँको यो दोस्रो जित हो । उहाँ सोही क्षेत्रबाट २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो ।