• १३ वैशाख २०८१, बिहिबार

कपिलवस्तु १ प्रदेशसभा (क) मा एमालेका पन्थी विजयी

blog

जानु पाण्डे

कपिलवस्तु, मंङसिर ८ गते । कपिलवस्तु १ (क) प्रदेश सभा सदस्य पदमा नेकपा (एमाले) का विष्णु पन्थी विजयी हुनुभएको छ । पन्थीले नेपाली कांग्रेसका डोलकराम घिमिरेलाई ४ हजार ४५० मतान्तरले पराजित गर्नुभएको हो । 

लुम्बिनी प्रदेश सरकारका लेखा समितिका पूर्व संयोजक समेत रहनु भएका पन्थीले २० हजार २४७ मत प्राप्त गर्नुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी घिमिरेले १५ हजार ७९७ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टीका भग्गुप्रसाद चौधरीले ६ हजार ५४० मत ल्याउनुभयो ।