• ५ वैशाख २०८१, बुधबार

सप्तरी १ (ख) मा जनमतका मियाँ विजयी

blog

ललिता साह 

बोदेबसाईन (सप्तरी) मङ्सिर ८ गते । सप्तरी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा जनमत पार्टीबाट उम्मेद्वार रहनुभएका सकिल मियाँ विजयी हुनुभएको छ । मिया १६ हजार एक सय ५५ मत ल्याएर निर्वाचित हुनुभयो । 

मिया छ हजार दुई सय ६७ को अन्तरले आफ्नो जित सुनिश्चित गर्नुभयो । उहाँको प्रतिस्पर्धी सुदम्बर यादवले नौ हजार आठसय ८८ मत प्राप्त गर्नुभयो । मियाँको जितसहित सप्तरीमा जनमत पार्टीले पाँच सीटमा आफ्नो जित निकालेको छ ।