• ७ वैशाख २०८१, शुक्रबार

खलंगामा गठबन्धनका उम्मेदवारको धन्यवाद सभा

blog

क्याप्सननबाट विजयी गठबन्धनका उम्मेदवार। तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा 

सल्यान, मङ्सिर ८ गते। सल्यानमा प्रदेश तथा प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ। सल्यानबाट प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला विजयी हुनुभएको छ। ज्वाला १५ हजार ९११ मतको फराकिलो अन्तरले विजयी हुनुभएको हो। उहाँले ३५ हजार ७ सय  प्राप्त गर्नुभएको छ। 

उहाँका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गर्नुभएको  छ। यस्तै, नेकपा एमालेका  राजेन्द्रवीर रायले  १३ हजार २९ मत प्राप्त गर्नुभएको छ। प्रतिनीधि सभामा ८३ हजार ६७४ मत खसेकोमा ७ हजार ३६९ मत वदर भएको छ। 

यस्तै प्रदेश सभामा नेकपा (माओवादी केन्द्र)का भीम प्रकाश शर्मा र नेपाली कांग्रेसका सुरेश अधिकारी विजयी हुनुभएको छ ।  प्रदेशसभा (क) बाट नेकपा माओवादीका केन्द्रीय सदस्य भीम प्रकाश शर्मा विजयी हुनुभएको छ। शर्मा आठ हजार १८ मतान्तरका साथ विजयी हुनुभएको हो। उहाँले २२ हजार २  ४३ मत प्राप्त प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुलबहादुर गिरीले १४ हजार २२५ मत प्राप्त गर्नुभएको छ। 

प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका सुरेश अधिकारी ३ हजार ७९० मतान्तर विजयी हुनुभएको छ।  उहाँले २० हजार ४ सय ८ मत प्राप्त गर्नुभएको छ।  उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गुलावजंग शाहले १६ हजार ६१८ मत प्राप्त गर्नुभएको छ।  प्रदेश सभा क्षेत्र नम्वर २ मा ४१ ह्जार ९६७ मत खसेकोमा एक हजार ८९८ मत बदर भएको छ।  

नेपाली काँग्रेसका २ क्षेत्रीय सभापति तथा प्रदेश सभा ख का सासद सुरेश अधिकारीले मत माग्ने समयमा मतदाताका विचमा गरेका प्रतिवद्धता पुरा गर्न  लागि पर्ने बताउनुभयो।