• १५ चैत २०८०, बिहिबार

काभ्रेपलाञ्चोक १ प्रदेश (क) मा माओवादीका ढकाल विजयी

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर ८ गते । काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रत्न ढकाल विजयी हुनुभएको छ । प्रदेश सभा (क) मा ढकाल दोस्रो पटक विजयी हुनुभएको हो । विजयी हुनुभएका ढकालले एमालेका उम्मदेवार दिलबहादुर तामाङ (दिलिप) लाई नौ हजार ४४२ मतान्तरले पराजित गर्नुभयो । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने एमालेका तामाङ ११ हजार २७८ मत प्राप्त गर्नुभयो । 

यो क्षेत्रमा उम्मेदवारी दिनुभएका नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी) का ङेमा लामाले एक हजार १५६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दलाल श्रेष्ठले एक हजार ५१ मत, मंगोल नेशनल अर्गनाइजेनशनका चन्द्रमान लामाले ३८३ मत प्राप्त गर्नुभयो ।यसैगरी जनता समाजवादी पार्टीका मानबहादुर तमाङले ३५४ मत र नेपाल कम्यूनिष्ट पार्टी परिवर्तनका विजबहादुर लामा थिङले १६६ मत, नेपाल लोकतान्त्रिक पार्टीका सञ्जिव वल तामाङले १२३ मत र नेककिपाका प्रज्ञान अस्तानी मगरले १८० मत प्राप्त गर्नुभयो ।