• ६ वैशाख २०८१, बिहिबार

बाँके ३ ‘ख’ बाट नेपाली कांग्रेसका बादशाह कुर्मी विजयी

blog

बाँके क्षेत्र नम्बर ३ ख बाट विजयी हुनुभएका कुर्मी । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, मङ्सिर ८ गते । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने प्रदेश सभा–३ (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी निर्वाचित हुनुभएको छ । काँग्रेस नेता कुर्मीले एमालेका भीमबहादुर ओलीलाई दुई हजार ४८३ मतको अन्तरले पराजित गरेर निर्वाचित हुनुभएको हो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका कुर्मीले १३ हजार ४३३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओलीले १० हजार ९५० मत प्राप्त गर्नुभयो । 

यस्तै, जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार पाठकले ४ हजार ४५१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभयो । 

कुल ५१ हजार ७२६ मतदाता रहेको प्रदेश सभाको सो क्षेत्रमा ३३ हजार ७०३ मत खसेको थियो । उक्त क्षेत्रमा एक हजार ९८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सो क्षेत्रबाट प्रदेश सभाका लागि नौ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । विजयी हुनुभएका कुर्मी सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो भने ओली एमाले र राप्रपा गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो ।