• ८ वैशाख २०८१, शनिबार

सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित

blog

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै चौधरी । तस्बिर – जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, मङ्सिर ८ गते । सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका रामप्रकाश चौधरी निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार चौधरी २४ हजार ८३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । चौधरी छ हजार ४३४ मतान्तरले विजयी हुनुभएको क्षेत्र नं. १ स्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चौधरीका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत प्राप्त गर्नुभयो । यस्तै, यस क्षेत्रका निवर्तमान सांसद  रहनुभएका जनता समाजवादी पार्टी जसपाका प्रमोद साहले १४ हजार २५५ प्राप्त गर्नुभएको छ ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायबाट प्रमाणपत्र ग्रहणपश्चात् अहिले लालबन्दी बजार क्षेत्रमा विजय ¥यालीमा सहभागी भइरहनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा क्षेत्र नम्बर १ मा ७५ हजार ४९३ मत खसेको थियो ।

त्यसमध्ये ७१ हजार ३७४ मत सदर र चार हजार ११९ मत बदर भएको सहायक निर्वाचन अधिकृत उदय नापितले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित लोसपाका चौधरीलाई गठबन्धनभित्र रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सहयोग थियो ।

दोस्रो हुनुभएका खड्काले नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो । खड्कालाई नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ समूहको भित्रीरुपमा सहयोग थियो ।

निवर्तमान सांसद साहलाई भने विपक्षी गठबन्धनमा रहेको नेकपा एमालेको साथ थियो । सर्लाही १ मा गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा ‘क्लिन स्वीप’ नै गरेको छ ।

प्रदेशसभातर्फ १ क मा लोसपाका उपेन्द्र महतो १२ हजार २६५ र १ ९२० मा नेकपा एकीकृत समाजवादीकी बेची लुङ्गेली १३३०१ मतसहित विजयी हुनुभएको छ ।