• १६ चैत २०८०, शुक्रबार

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल विजयी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ८ गते । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार सुवालले ४२ हजार ७६१ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गर्नुभएको हो । भक्तपुरमा २०४८ सालदेखि यस क्षेत्रमा नेमकिपा निरन्तर विजयी भइरहेकाे छ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले नौ हजार ३०३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका माधव खत्रीले सात हजार १७ मत र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सुनिल गोठे पाँच हजार २८२ प्राप्त गर्नुभयाे ।

यस्तै, मौलिक जरोकिलो पार्टीका बलराम प्रजापतिले ३३६, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)का दीपक लामिछानेले २७७, आमूल परिवर्तन मसिहा पार्टी नेपालका डम्बरबहादुर थिङ्गले २५०, जनता समाजवादी पार्टी, नेपालका हीरालाल खड्काले २४६, नेपालका लागि नेपाली पार्टीका अर्जुनप्रसाद नेपालले २४०, स्वतन्त्रका गोकर्णप्रसाद गेलालले १४०, स्वतन्त्रका अर्जुन कोजूले ७८, स्वतन्त्रका पुष्पराम गेलालले ७५ र स्वतन्त्रका सुलोचना छ्वाजुले ३५ मत प्राप्त गर्नुभएको छ ।