• १२ वैशाख २०८१, बुधबार

बाँके-१ मा एमालेको अग्रता

blog

अग्रता बढाउँदै लगेका एमालेका स"र्य ढकाल । तस्विर : सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, मङ्सिर ८ गते । बाँके क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्दा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले अग्रतालाई फराकिलो पार्दै गएका छन् । ढकालले युवा तथा खेलकुद मन्त्री सत्ता गठबन्धनका उम्मेदवार महेश्वरजंग गहतराज अथकलाई साढे चार हजार मतले पछाडि पारेर अग्रता कायम राखेका हुन् । 

हालसम्म ६८ हजार तीन सय ७ मतगणना हुँदा एमालेका ढकालले २२ हजार छ सय ६९ मत प्राप्त गर्नुभएको छ भने सत्ता गठबन्धनका मन्त्री अथकले १८ हजार ७४ मत प्राप्त गर्नुभएको छ । 

सो क्षेत्रबाट तेस्रो स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीका सुरेश चौधरीले नौ हजार ६५० मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले आठ हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ । 

हालसम्मको मतगणनामा सो क्षेत्रमा चार हजार सात सय १८ मत बदर भएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।