• ५ वैशाख २०८१, बुधबार

चितवन २ ख बाट प्रदेश सभामा कांग्रेसका उत्तम जोशी निर्वाचित

blog

वसन्त पराजुली 

भरतपुर, मङ्सिर ८ गते । चितवन २ ख बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका उत्तम जोशी निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धीभन्दा ५६२ मत बढी ल्याएर जित्नुभएको हो । 

निर्वाचन कार्यालयको आधिकारिक पुष्टि हुन बाँकी छ । यद्यपि निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वरी आचार्यले मतगणना सकिएको र अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

जोशी चितवनका युवा विद्यार्थी नेता हुनुहुन्छ । उहाँले १३ हजार ३०६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवी ज्ञवाली १२ हजार ७४४  मत प्राप्त गर्नुभएको छ ।