• ७ वैशाख २०८१, शुक्रबार

रौतहट १ को (ख) मा कांग्रेसका यादव विजयी

blog

सञ्जयकुमार मिश्र
गौर, मङ्सिर ८ गते ।
 रौतहट प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेशसभा (ख) बाट वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णाप्रसाद यादव  विजयी हुनुभएको छ ।

बुधबार राति सकिएको मतगणना परिणामअनुसार यादवले १२ हजार ४८९ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम स्वतन्त्र उम्मेदवार राजेश चौधरीले ११ हजार चार सय मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

सो क्षेत्रका निवर्तमान मधेश प्रदेशका भूमि, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले पाँच हजार ७२९ मत प्राप्त गर्नुभएको छ ।