• ७ वैशाख २०८१, शुक्रबार

प्रदेश सभामा दोस्रो पटक पुलामी विजयी

blog

राममणि दाहाल 

हेटौँडा, मङ्सिर ८ गते । मकवानपुरको १ को (क) बाट लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रेमबहादुर पुलामी निर्वाचित हुनुभएको छ । सोही क्षेत्रबाट दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित पुलामीले १९ हजार ७१९ मत प्राप्त गर्दै विजयी बन्नुभएको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको बिहीबार बिहान सार्वजनिक मत परिणामअनुसार उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कमलबहादुर विष्टले १५ हजार ४३३ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर थापाले सात हजार ७०२ मत पाउनुभएको छ ।