• ८ वैशाख २०८१, शनिबार

सुर्खेत १ (क) मा कांग्रेसका पोखरेल विजयी

blog

नवीन सुवेदी 

सुर्खेत, मङ्सिर ८ गते । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका खड्गबहादुर पोखरले विजयी हुनुभएको छ ।  उहाँ नेकपा एमालेबाट उम्मेदवार बनेका ठम्मर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।  

यहाँ ३४ हजार ८३२ मत खसेको थियो । त्यसमध्ये पोखरेलको पक्षमा १८ हजार २६३ मत आउँदा विष्टले १५ हजार १८८ मत प्राप्त गर्नुभयो । विष्ट सांसद पद छँदै  ०७८ चैत्रमा एमाले प्रवेश गर्नुभएको थियो । ०७४ मा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुनुभएका उहाँ सरकारमा मन्त्री बन्न नपाएको भन्दै एमाले प्रवेश गरेका गर्नुभएको थियो ।