• १६ चैत २०८०, शुक्रबार

गोरखा–१ मा कांग्रेसका बजगाईँ विजयी

blog

नरेन्द्र ढकाल

गोरखा, मङ्सिर ८ गते । गोरखा–१ बाट वाम–गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका  राजेन्द्र बजगाईँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेतलाई भारी मतान्तरले हराउँदै विजयी बन्नु भएको हो । 

बजगाईँको ३३ हजार ४ सय २८ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी बस्नेतले १६ हजार ७ सय ८५ मत ल्याउनु भएको छ । बस्नेत बजगाईँसँग  १६ हजार ६ सय ४३ मतान्तरले पराजित हुनु भएको छ  । २०७४ सालमा भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा उहाँहरू बिच प्रतिस्पर्धा भएको थियो । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका बस्नेतले कांग्रेस नेता बजगाईँलाई पराजित गर्दै प्रदेशमा सदस्यमा निर्वाचित हुनु भएको थियो । त्यसपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री बन्नु भएका बस्नेत यस पटकको निर्वाचनमा प्रतिनिधि सभा सदस्यको पदमा उम्मेदवार बन्न पुग्नु भयो । अहिलेको निर्वाचनमा भने बस्नेतलाई हराउँदै बजगाईँले बदला लिनु भएको छ । 

उक्त क्षेत्रमा ६० हजार ६ सय ३१ मत खसेको थियो ।