• १६ चैत २०८०, शुक्रबार

म्यान्चेस्टरबाट रोनाल्डोको छुट्टी

blog

दोहा, मङ्सिर ८ गते । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अहिले विश्वकप फुटबलमा सहभागी हुन कतारमा हुनुहुन्छ। यसै समयमा म्यानचेस्टर युनाइटेडले रोनाल्डो अब क्लबमा नरहने घोषणा गरेको छ।

३७ वर्षीय रोनाल्डोले पनि दुवैको सहमतिमा नै यो निर्णय भएको जानकारी दिनुभयो। म म्यानचेस्टर युनाइटेड र यहाँका समर्थकलाई माया गर्छु, जुन माया कहिल्यै बदलिने छैन– रोनाल्डोले भन्नुभयो।

रोनाल्डोले दुई फरक समयमा म्यानचेस्टर युनाइटेडमा बिताएर क्लबका लागि ३४६ खेलमा १४५ गोल गर्नुभएको छ। म्यानचेस्टर युनाइटेडबाट बाहिरिएपछि अब रोनाल्डोको व्यावसायिक फुटबल गन्तव्य कता हुन्छ भन्ने चासोको विषय बनेको छ। एपी