• ७ वैशाख २०८१, शुक्रबार

विश्वकप इतिहासमा स्तब्धकारी नतिजा

blog

दोहा, मङ्सिर ८ गते। विश्वकप फुटबल २०२२ को प्रमुख उपाधि दाबेदार अर्जेन्टिनालाई मङ्गलबार प्रतियोगिताकै सबैभन्दा कमजोर टिमका रूपमा हेरिएको साउदी अरबले २–१ ले हराएको खेललाई विश्वकप इतिहासकै सर्वाधिक स्तब्धकारी नतिजामध्ये एक मानिएको छ। यस नतिजापछि साउदी अरबका राजा सलमानले साउदी अरबमा सार्वजनिक बिदाको समेत घोषणा गर्नुभयो। विश्वकपको इतिहासमा यस्ता थुप्रै स्तब्धकारी नतिजा निस्केका छन्। 

स्पेन ० स्विट्जरल्यान्ड १, (२०१०)

सो समय पछिल्ला चार वर्षमा मात्र एक खेल हारेकाले पनि स्पेनलाई उपाधि दाबेदार पनि मानिएको थियो। तर स्विट्जरल्यान्डले स्पेनलाई पहिलो खेलमै हरायो। गेल्सन फनान्डेजको गोल निर्णायक बनेपछि स्पेनले स्तब्धकारी हार बेहोर्‍यो।

दक्षिण कोरिया २, स्पेन १ (२००२)

सन् २००२ को विश्वकपमा घरेलु टोली दक्षिण कोरियाले नकआउट चरणमा तीन पटक उपाधि जितिसकेको इटालीलाई हराएर क्वार्टरफाइनलमा पुग्न भनेर कमैले सोचेका थिए। अतिरिक्त समयमा आन जुङ ह्वानले गोल गरेपछि इटाली भने पाखा लाग्यो। 

अर्जेन्टिना ०, क्यामरुन १ (१९९०)

इटालिया ९० सनसनीपूर्ण रूपमा सुरु भयो। उपाधि रक्षा गर्नेक्रममा रहेको डिएगो म्याराडोनाको टिम उद्घाटन खेलमै फ्रान्कोइस ओमान बियकको गोलले अफ्रिकी राष्ट्र क्यामरुनसँग १–० पराजित भएको थियो। सो खेल क्यामरुनले नौ खेलाडीमा सीमित भएर खेलेको थियो।

फ्रान्स ०, सेनेगल १ (२००२)

सन् २००२ विश्वकपको सुरुवात पनि स्तब्धकारी नतिजाबाट खेल सुरु भयो। यसपटक पनि अफ्रिकी राष्ट्र सेनेगलले उपाधि रक्षा गर्नेक्रममा रहेको फ्रान्सलाई १–० ले उद्घाटन खेलमा पराजित ग-यो। 

पश्चिम जर्मनी १, अल्जेरिया २ (१९८२)

युरोपियन च्याम्पियनसिप नाताले विश्वकपमा खेल्दै गरेको पश्चिम जर्मनीको टिममा कार्ल हाइन्ज रुमिनिगे, पल ब्रेट्नर, हाराल्र्ड सुमाखर, पियरे लिवास्र्क र युली स्टिलाइकजस्ता विश्वस्तरीय खेलाडी थिए। अफ्रिकी राष्ट्र अल्जेरियालाई पश्चिम जर्मनीविरुद्धको खेलमा कसैले भाउ दिएको थिएन। तर अल्जेरियाले पश्चिम जर्मनीविरुद्ध २–१ को प्रतिष्ठित जितको नतिजा निकाल्न सफल भयो।

इङ्गल्यान्ड ०, अमेरिका १ (१९५०)

सन् १९५० मा पहिलो पटक विश्वकप खेल्दा नै इङ्ग्ल्यान्डलाई उपाधि दाबेदारमा ३–१ को भाउ दिइएको थियो। अमेरिकी टिममा भने शिक्षक, हुलाकी, लुगाधुने नोकरीमा रहेका अर्धव्यावसायिक खेलाडी थिए। तर, सो खेलमा अमेरिकाले सबैलाई आश्चर्यमा पार्दै ठूलो उलटफेर ग-यो।

उत्तर कोरिया १, इटाली ० (१९६६)

सन् १९६६ मा विश्वकपमा अहिलेसम्म सर्वाधिक दोस्रो स्तब्धकारी नतिजा निकाल्यो उत्तर कोरियाले। पहिलो पटक चयन भएको उत्तर कोरियाले इटालीजस्तो सशक्त टिमलाई नकआउटमा १–० ले हराएर विश्वलाई चकित बनाएको थियो । सो समय उत्तर कोरियाको भाउ १०००–१ थियो।  एजेन्सी