• १६ चैत २०८०, शुक्रबार

नवलपुर–१ को प्रदेश (क) मा कांग्रेस सभापति जिसी विजयी

blog

मीना कंडेल
कावासोती, मङ्सिर ८ गते । 
पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा  नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसि विजयी हुनुभएको छ ।

कांग्रेस पूर्वी नवलपरासीका सभापति जिसिले १५ हजार १३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले १३ हजार ९०७ मत प्राप्त गर्नु भएको छ ।

२०७४ सालको निर्वाचनमा पनि कांग्रेस विजयी भएको यो क्षेत्रमा कांग्रेस जिल्ला सभापति जिसीले एक हजार २३० को मतान्तरले अधिकारीलाई पराजित गर्नुभएको छ । 

पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा  ६३ हजार ५३५ मतदाता रहेका थियो भने ४१ हजार ७४२ मत खसेको थियो । यस अघि जिल्लाको क्षेत्र नम्बर २ को दुवै प्रदेश सभामा क्रमशः एमालेका पदमा जिसि र लक्ष्मणबहादुर पाण्डे निर्वाचित हुनुभएको छ ।