• १३ वैशाख २०८१, बिहिबार

समानुपातिकमा एमाले अगाडी कांग्रेस पछिपछि

blog

काठमाडौं, मंसिर ८ गते। बिहान ७ः३० बजेसम्म निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार प्रतिनिधिसभा समानुपातिक तर्फ नेकपा एमालेले चार लाख ७० हजार ३५२ मत ल्याएको छ भने  नेपाली कांग्रेसले चार लाख ३३ हजार ५२८ मत प्राप्त गरेको छ । समानुपातिक तर्फको मतपरिणाम पनि अद्यावधिक भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ४२ हजार ८५० मत ल्याएको छ भने माओवादी केन्द्रले दुई लाख दुई हजार ५५ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २७ हजार ४५६ मत ल्याएको छ । 

यस्तै जनता समाजवादी पार्टीले ५८ हजार ४६८ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टीले ४४ हजार ९४०, नागरिक उन्मुक्ति पार्टीले ३२ हजार २६४, जनमत पार्टीले ३० हजार ४९, नेकपा एकीकृत समाजवादी पार्टीले २९ हजार १७८ मत र अन्यले एक लाख दुई हजार ३२२ मत ल्याएका छन् ।

मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।