• ६ चैत २०८०, मङ्गलबार

टीभी खरिदमा एक हजार छुट

blog

काठमाडौँ, मङ्सिर ८ गते । आईएमई पे र बिग डिजिटलबीच समझदारी भएको छ । समझदारीअनुसार कतारमा जारी विश्वकप फुटबलका अवसरमा टेलिभिजन सेटको खरिदको भुक्तानी आईएमई पेको क्यूआर स्क्यानबाट गर्दा ग्राहकले एक हजार रुपियाँ छुट पाउनेछन् । यसबाहेक ग्राहकले पाँच हजार रुपियाँसम्मको कुपन र स्पिकर पनि पाउने सम्झौतामा उल्लेख छ । यो योजना विश्वकप अवधिभर कायम रहनेछ ।