• १५ चैत २०८०, बिहिबार

रौतहट १ को (क) मा कांग्रेसका नागेन्द्र साह विजयी

blog

सञ्जयकुमार मिश्र
गौर, मङ्सिर ८ गते ।
 रौतहट क्षेत्र नं. १ को प्रदेशसभा (क) बाट वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र साह एक हजार ६३९ मतले विजयी हुनुभएको छ ।

साहले १० हजार ५०२ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो 

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकिशोरप्रसाद यादवले आठ हजार ८६३ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य बाबुलाल साहले तीन हजार ५४० मत प्राप्त गर्नुभएको छ ।