• १४ वैशाख २०८१, शुक्रबार

अर्घाखाँची प्रदेश सभा (ख) मा एमाले उम्मेदवार घिमिरे विजयी

blog

गणेश खनाल

अर्घाखाँची, मङ्सिर ७ गते । अर्घाखाँचीमा प्रदेश सभा (ख) मा नेकपा (एमाले) का उम्मेदवार रामजिप्रसाद घिमिरे विजयी हुनुभएको छ । घिमिरेले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी हुनुभएको हो । 

उहाँको निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार कमलप्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गर्नुभयो । घिमिरेले  ८ सय १ मतान्तरले विजयी हुनुभएको हो । घिमिरे निवर्तमान प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश सचिवालय सदस्य समेत रहनुभएको छ ।