• १५ चैत २०८०, बिहिबार

बारा ४ प्रदेशसभा (ख) मा लोसपाका जितेन्द्र सोनल विजयी

blog

बरा ४ को प्रदेशसभा (ख) मा निर्वाचित लोसपाका जितेन्द्र सोनल । शिवशंङ्कर मिश्र

शिवशंकर मिश्र

बारा, मङ्सिर ७ गते । बाराको निर्वाचन क्षेत्र नम्बर–४ (ख) प्रदेशसभा सदस्यमा लोसपाका जितेन्द्र सोनल विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी एमाले र जसपाका संयुक्त उम्मेदवार आत्माराम प्रसाद साह तेलीलाई फराकिलो मतान्तरले पराजित गर्दै सोनल विजयी हुनुभएको हो । 

सोनल १३ हजार ५ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी साहले आठ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ ।