• ८ वैशाख २०८१, शनिबार

पहिलो हाफमा जर्मनी अगाडि

blog

जापानविरुद्ध पेनाल्टी प्रहार गर्दै जर्मनीका इल्के गुन्डोगान । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ७ गते । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को खेलको पहिलो हाफमा जापानमाथि जर्मनीले १–० गोलको अग्रता लिएको छ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा जारी प्रतिस्पर्धात्मक खेलमा जर्मनीले पेनाल्टी गोलमार्फत अग्रता लिएको हो । जर्मनीका लागि इल्के गुन्डोगानले ३३औं मिनेटमा गोल गर्नुभयो । डिबक्सभित्र जर्मनीका डेभिड रमलाई जापानका गोलरक्षक  सुइची गोन्डाले फल हानेर लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो ।

जसलाई गुन्डोगानले सही सदुपयोग गर्नुभयो । बल पोसेसनमा अब्बल देखिएको जर्मनीले इन्जुरी समयमा पाएको अर्को गोललाई भिएआरको सहायतामा अफसाइड दिईएको थियो । एजेन्सी