• ७ वैशाख २०८१, शुक्रबार

दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट कांग्रेसका भण्डारी विजयी

blog

बिशाल सुनार

दुल्लु, मंसिर ७ गते । दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम भण्डारी भारी मतान्तरसहित विजयी हुनुभएको छ । कुल २२ हजार ९४२ मत गणना हुँदा १० हजार ८०० मतसहित भण्डारी विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तिलकप्रसाद रिजालले ९ हजार ४९४ मत प्राप्त गर्नुभयो । भण्डारीले रिजाललाई एक हजार ३०५ मतको फराकिलो अन्तरले जित हासिल गर्नुभयो । 

भण्डारी स्व.पूर्णबहादुर भण्डारीका जेठा छोरा हुनुहुन्छ ।  राजनीतिक परिवारका सदस्य भए पनि पत्रकारिता क्षेत्रबाट राजनीतिमा सक्रिय हुनुभएको हो । दुई कार्यकाल नेपाली कांग्रेस क्षेत्र नं. २ क्षेत्रीय सभापतिको जिम्मेवारी समेत सम्हालेको उहाँसँग अनुभव छ । २०७४ को स्थानीय तहको निर्वाचनमा दुल्लु नगरपालिका प्रमुख जित्नुभएको थियो ।