• १३ वैशाख २०८१, बिहिबार

पर्सा २ मा कांग्रेसका अजय चौरसिया विजयी

blog

दिपकप्रसाद गौतम

वीरगञ्ज, मङ्सिर ७ गते । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसिया विजयी हुनुभएको छ । 

एमाले–जसपा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मत अन्तरले नेपाली काँग्रेसका अजय चौरसिया विजयी हुनुभएको हो । 

चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले–जसपा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार कुर्मीले २२ हजार ४४५मत पाउनु भएको छ राप्रपाका  नरेश कुमार साहले २ हजार ७४१ मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभएको छ । 


पर्सा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका अजय चौरसिया सोही क्षेत्रको प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्यद्वय रमेश कुर्मी र श्याम पटेलको बिचमा रही सञ्चारकर्मीलाई आफ्नो धारणा राख्दै । तस्बिर :  दिपकप्रसाद गौतम