• १६ चैत २०८०, शुक्रबार

अछाम-२ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी

blog

अछाम–२ मा विजयी हुनुभएका पुष्पबहादुर शाह।

शिवराज ढुङ्गाना 

अछाम, मङ्सिर ७ गते। अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी हुनुभएको छ। शाह छ हजार ८४० मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनुभयो। 

शाहले २२ हजार ९५४ मत ल्याएर विजयी हुनुभयो भने निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत प्राप्त गर्नुभएको छ। 

यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रप्रसाद ढुङ्गानाले ३११ मत, राप्रपाका मीनबहादुर शाहीले २८६ मत, नेमकिपाका झंकरबहादुर शाहीले १०८ मत प्राप्त गर्नुभएको छ।