• ८ वैशाख २०८१, शनिबार

क्रोएसिया र मोरोक्कोको बराबरी

blog

समूह चरणको पहिलो खेलमा प्रतिस्पर्धा गर्दै क्रोएसिया र मोरोक्कोका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मङ्सिर ७ गते । क्रोएसिया र मोरोक्कोले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा क्रोएसिया र मोरोक्को गोलरहित बराबरीमा रोकिएको हो ।

साविक उपविनजेता क्रोएसियाले बल पोसेसनमा पकड जमाएपनि गोल गर्न सकेन । मोरोक्कोले पनि केही अवसर गुमाएको थियो । बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । यही समूहको अर्को खेलमा आज (बुधबार) राति १२:४५ बजे बेल्जियम र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी