• १६ चैत २०८०, शुक्रबार

पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

blog

पर्सा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप यादव। तस्बिर : दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम

वीरगञ्ज, मङ्सिर ७ गते । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादव विजयी हुनुभएको छ। यादवले २२ हजार ५ सय ३७ मत ल्याउनु भएको छ। 

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाउनु भएको छ  राप्रपाका किरणमान डंगोलले दुई हजार ६ सय ५९ मत ल्याएर तेस्रो स्थान हासिल गर्नु भएको छ।