• १२ वैशाख २०८१, बुधबार

मोरङ ५ (क) मा कांग्रेसका गनगाँई निर्वाचित

blog

विराटनगर, मङ्सिर ७ गते । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा (क) बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत गणेश नायकअनुसार निर्वाचित गनगाँई १४ हजार ८४३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सन्तोषकुमार साहले नौ हजार ४०५ मत प्राप्त गर्नुभएको छ ।

साथै, स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले तीन हजार ९७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत नायक जानकारी दिनुभयो ।