• ४ वैशाख २०८१, मङ्गलबार

नवलपरासी १ मा उद्योगपति चौधरीको अग्रता

blog

गोपी ज्ञवाली 

नवलपरासी, मङस्रि ७ गते । पश्चिम नवलपरासीको संधिय निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका उद्योगपति विनोद चौधरीको लगातार अग्रता कायम रहेको छ । 

नवलपरासीको क्षेत्र नम्बर १ का मतगणना शुरु भएदेखि नै उद्योगपति विनोद चौधरीले अग्रता कायम गर्दै आउनु भएको थियाे । मंगलबार दिउँसो एक पटक स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सिंह ठकुरीले उछिने पनि अहिले विनोद चौधरीको अग्रता कामय रहेको छ ।

उद्योगपति विनोद चौधरी अहिले हृदेश त्रिपाठी भन्दा ४ हजार ७१८ मतले अगाडि हुनुहुन्छ ।  

निर्वाचन अधिकृतको कार्यालयको तथ्यांकअनुसार रुख चिन्हका उम्मेदवार विनोद चौधरीको १७ हजार २७९ मत रहेको छ भने दोस्रो स्थानमा पूर्वमन्त्री हृदेश त्रिपाठी १२ हजार ५६१ मतले दोस्रो स्थानमा हुनुहुन्छ । यसैगरी, तेस्रो स्थानमा स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी १० हजार ७४९ मत पाएर तेस्रो स्थानमा हुनुहुन्छ । 

यसैगरी, प्रदेश सभा १ (क) मा नेपाली कांग्रेसका विष्व प्रेम पाठक १२ हजार ४२८ मत पाएर अग्र स्थानमा हुनुहुन्छ भने दोस्रो स्थानमा नेकपा (एमाले)का पुन्य पौडेलले ११ हजार १८१ मत प्राप्त गरी दोस्रो स्थानमा हुनु हुन्छ ।