• ८ वैशाख २०८१, शनिबार

सेनाका पविन दोश्रो चरणमा

blog

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्नुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन । तस्बिर : राखेप

काठमाडौं, मंसिर ७ गते । नेपाली सेनाका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को दोश्रो चरणमा प्रवेश गर्नुभएको छ । 

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट सुरु भएको प्रतियोगिताको पुरुष एकलतर्फ पविनले हुम्लाका दशरथ बुढालाई २१–१२, २१–९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउनुभएको हो । 

बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ ललितपुरका राजेन्द्र महर्जन, १६ फिदरका अमन महर्जन, कैलालीका चन्द्रिका कथरिया, सेनाका अनिल मल्ल, कैलालीका शिषिर राना   रिभियरा ईन्टरनेशनल एकेडेमीका सुमित थोकर दोस्रो चरणमा प्रवेश गर्नुभएको छ । 

यस्तै १६ फिदरका सुजन थापा, कञ्चनपुरका निखिल भट्ट, सूर्यदर्शन ब्याडमिन्टन एकेडेमीका हिरा राई, १६ फिदरका सुलभ पौडेल, कास्कीका विसन गुरुङ्ग, काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापा, भक्तपुरका मुकेश श्रेष्ठ, मोरङ्ग जिल्ला ब्याडमिन्टन संघका सुप्रिम पन्थ र सेनाका हिमाल चन्द दोस्रो चरणमा प्रवेश गर्नुभएको छ । 

प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो ।