• ७ वैशाख २०८१, शुक्रबार

ताप्लेजुङमा एमालेका भट्टराई बढे अघि

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ७ गते । ताप्लेजुङमा नेकपा (एमाले) का उम्मेदवार योगेशकुमार भट्टराईले अन्तिममा आएर अग्रता लिनुभएको छ । सुरुदेखि नै अग्रता कायम राख्दै आउनुभएका नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाक्षेत्री ‘पराग’लाई पछि पार्दै भट्टराईले अग्रता लिनुभएको हो । 

मतगणनाको पछिल्लो परिणामअनुसार २० हजार २७२ मत ल्याउँदै भट्टराईले अग्रता लिनुभएको हो । सदरमुकाम फुङ्लिङबजार बाहिर सबै क्षेत्रमा अग्रता कायम गर्दै आउनुभएका वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बुढाक्षेत्रीलाई १३५ मतान्तरले पछि पार्दै भट्टराई अघि बढ्नुभएको हो । 

मङ्गलबार करिब ४ः३० बजेदेखि सुरु भएको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये हालसम्म ५७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । बाँकी चारवटा वडाको मतगणना कार्य निरन्तर भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।