• ७ वैशाख २०८१, शुक्रबार

मोरङ ६ मा डा. कोइरालाको अग्रता

blog

धिरज दाहाल 

विराटनगर, मङ्सिर ७ गते । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायम छ ।  

प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहँदा कोइरालाले ११ हजार १ सय ९ मतसहित अग्रता छ । नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डित ८ हजार ९ सय ५० मतसहित दोस्रो स्थानमा रहनुभएको छ । कोइराला र पण्डितमा २ हजार १५९ मतको मतान्तर छ । 

नेपाली कांग्रेस र नेकपा एमालेका चर्चित नेताहरु उम्मेदवार रहनुभएको क्षेत्र नं ६ को चुनावी परिणाममा सर्वाधिक चासो देखिएको छ ।