• ११ वैशाख २०८१, मङ्गलबार

तनहुँ २ (क) मा एमालेका महत विजयी

blog

अमरराज नहर्की
तनहुँ, मङ्सिर ७ गते । 
तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित हुनुभएको छ । बुधबार बिहान सम्पन्न मतपरिणामअनुसार बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेलाई एक हजार ७६६ मतान्तरले पराजित गर्नुहुँदै महत निर्वाचित हुनुभएको हो ।

महतले १५ हजार ६६५ मत प्राप्त गरेका भएको र न्यौपानेले १३ हजार ८९९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । सो क्षेत्रमा यस अघि माओवादी केन्द्रकी आशा कोइराला विजयी हुनु भएको थियो ।  कोइरालाले नेपाली कांग्रेसका प्रदीप पौडेललाई हराउनु भएको थियो ।