• ८ वैशाख २०८१, शनिबार

दिन्छु तिमीलाई चोखो माया (कविता)

blog

दिन्छु तिमीलाई चोखो माया सम्बन्धमा घात नहोस्

हावाहुरी चल्दाखेरि झरिजाने पात नहोस्


तिमीले मलाई साथ दिनू अप्ठ्यारोमा पर्दाखेरि

तिम्रो न्यानो काख देऊ आँउन सक्छ आँधीबेहरी

पूर्व लाली उमङ्गको जिन्दगीमा रात नहोस्

हावाहुरी चल्दाखेरि झरिजाने पात नहोस्


अघि बढ्नु तिमी सधैँ फूलैफूलको माला तिमीलाई

गैरीखेतमा झुलेका ती धानका बाला तिमीलाई

खुसी भई बाँच्नुपर्छ मन दुखाउने बात नहोस्

हावाहुरी चल्दाखेरि झरिजाने पात नहोस्


दिन्छु तिमीलाई चोखो माया सम्बन्धमा घात नहोस्

हावाहुरी चल्दाखेरि झरिजाने पात नहोस् । 

सामाखुसी